६ बैशाख २०८१, बिहिबार

प्रहरी प्रतिष्ठान टेन्डरको मस्यौदा भारतमै तयार


राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान

काठमाडौं, असार २१ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) ६ वर्षअघिको समझदारी उल्ट्याएर ईपीसी (इन्जिनियरिङ, प्रोक्युरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा बनाउन भारतलाई जिम्मा दिइएको छ । दुई देशबीच सन् २०१४ नोभेम्बर २५ मा भारतले अनुदान उपलब्ध गराउने र भारतसँग परामर्श लिएर नेपालले आयोजना अघि बढाउने समझदारी भएको थियो ।

तर गएको नोभेम्बरमा पुरानो समझदारी संशोधन गरेर कार्यप्रगतिका आधारमा रकम भुक्तानी गर्ने र टेन्डर सूचना मात्रै नेपालले गर्ने गरी आयोजनाको जिम्मा भारतलाई दिइएको हो । अब भारतले नै निर्माण सम्पन्न गरेर आयोजना नेपाललाई हस्तान्तरण गर्नेछ ।

सुरक्षा विज्ञहरूले भने संशोधित समझदारीप्रति फरक–फरक प्रतिक्रिया दिएका छन् । पूर्वगृहसचिव गोविन्द कुसुमले तालिम केन्द्रको संरचना निर्माणको जिम्मा विदेशीलाई दिँदैमा शंकाको दृष्टिले हेर्न नहुने बताए । एकेडेमीका पूर्वकार्यकारी निर्देशकसमेत रहेका नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीले भने निर्माणमा नेपालको अधिकार रहने समझदारी उल्ट्याएर विदेशीलाई दिइनु आपत्तिजनक भएको बताए । ‘

नेपाल सरकारको अधिकार र तजबिजमा आयोजना निर्माण गर्ने समझदारी संशोधन गरेर विदेशीलाई सुम्पिनु गलत छ,’ उनले भने, ‘२५ वर्षअघिदेखि नेपाली पक्षको भूमिका कमजोर हुने गरी भारतले आयोजना अघि बढाउन खोजेको थियो, अहिले त्यो पूरा गरिएको छ ।’कान्तिपुर दैनिकबाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !