३० जेठ, काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा ढुंगामुढा गरेको र कालो झण्डा राखेको आरोपमा गत जेठ ३० गते पक्राउ परेका हेमराज थापा आज धरौटीमा रिहा भएका छन् ।
थापा ८ दिनपछि हिरासतवाट आज रिहा भएका हुन् । उनी रिहापछि पत्रकारहरुसंग कुरा गर्दै भ्रष्टाचारी नेताहरुको लागि करोडौंको हिल्लो गाडी किन्नको लागि कर तिरिरहने युवालाई आज तिनतिन गुणा महँगो भाडा तिरेर ल्याउन नहुने बताए । उनले यस विषयमा पनि आन्दोलन गर्ने बताए ।
थापा सोही पार्टीका विद्यार्थी नेता पनि हुन् ।