C
काठमाडौं, १ असार । कोरोना भाइरसको रोकथामका लागि अपनाइएको लकडाउन खुकुलो बनाउँदै लाने योजना अनुसार आजबाट सबै सरकारी कार्यालय खुल्नेछन् । भीडभाड कम गर्ने गरी रोकथामका उपायसहित सरकारी कार्यालय खुल्न थालेका हुन् । कार्यालय शुरुमा २ बजेसम्म खोलिने भएको छ । त्यसपछि दुई सिफ्ट गरी ८ देखि २ र २ देखि ६ बजेसम्म खोलिने योजना बनाइएको छ ।
सार्वजनिक यातायात पनि खोल्ने तयारी भएको छ । ट्याक्सी सञ्चालनमा आइसकेको छ । निजी सवारी सञ्चालनको अनुमति दिइएको छ । यसमा भने जोर बिजोर प्रणाली लागु गरिएको छ ।