असार १, काठमाडौं । कोरोना महामारीसँगै नेपाल भारतको सिमा विवादले नेपाललाई ठुलो समस्यामा पारेको छ । नेपालको जग्गा अतिक्रमण गरेर सडक बनाएपछि नेपाल भारतवीचको विवाद सुरु भएको हो ।
यस विषयले गर्दा अहिले नेपाली जनताहरुमा ठुलो तरंगित बनाएको छ । नेपाल सरकारले पनि नेपालको नक्सामा समेटेर नँया नक्सा पनि सार्वजनिक गरि संविधान संसोधनसमेत गरिसकेको छ । तर पनि यस विषयमा वार्ता भने सरकारले गर्न सकेको छैन ।
अभियन्ता ई. दिपेन्द्र कंडेलले दैनिक न्युज नेपालसंग कुरा गर्दै सिमा विवादको वार्ता भारतमा नभई नेपालमा हुनुपर्ने बताएका छन् । उनले भने, “सिमा विवादको वार्ता भारतमा होइन नेपालमा हुनुपर्छ । किन भने जमिन नेपालको हो । नेपालको जमिन भारतले मिचेपछि वार्ता पनि नेपालमै हुनुपर्छ । वार्ता कुनै वन्द कोठामा होइन ।खुल्ला ठाउँमा हुनुपर्छ । आम नेपाली जनताहरुले सुन्न सक्नेगरी र हेर्न सक्नेगरी टेलिभिजनमा लाइभ हुनुपर्छ । वार्तामा कस्तो कुरा भयो भन्ने पनि आम नेपाली जनताले सुन्न पाउनुपर्छ ।”