१२ आश्विन २०८१, शनिबार

मोरङ कारागारमा रहेका ९ जना कैदीबन्दीको मृत्यु


कात्तिक १०, विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा रहेका ९ जना कैदीबन्दीको मृत्यु भएको छ । साउन यता उनीहरुको विभिन्न रोगका कारण मृत्यु भएको हो । कारागारमा अहिले पनि विभिन्न रोगबाट एक दर्जन बढी बन्दी थलिएका छन् ।

विराटनगर कारागारका जेलर प्रेम सापकोटाका अनुसार साउन महिना यता विभिन्न रोगबाट थलिएका बन्दीको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २६ देखि ६३ वर्ष उमेरका छन् । मृत्यु हुनेमा सबै पुरुष र सबैभन्दा बढी लागु औषध दुव्र्यसनीको सजाय भोगिरहेका बन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।

विरामी पाँच जनाको नोवेल मेडिकल कलेज र कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अरु चार जनालाई उपचारका लागि काठमाडौं र भरतपुर पठाइएको जेलर सापकोटाले जानकारी दिए । अरु १२ जनालाई पनि काठमाडौं पठाउने तयारी भईरहेको छ । धेरैलाई श्वासप्रश्वासको समस्या देखिएको हो । कारागारमा ६२ महिला र उनीहरुमा आश्रित ४ बालबालिकासहित ७ सय ५६ कैदी बन्दी छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !