१२ आश्विन २०८१, शनिबार

भ्रष्टाचारी जर्नेल, कर्णेलमाथि समेत कारबाही गर्दै सेनापति थापा, को-को परे कारवाहीमा ?


purnachandra thapa

काठमाडौं, १७ जेठ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनले सेनाभित्रका भ्रष्टाचार गर्नेहरुलाई प्रक्रिया पुर्याएर कारबाही गर्न थालेका छन् । १६ जेठमा समरी जनरल सैनिक अदालतबाट अवकाशप्राप्त पाइलट उपरथीलाई नसिहत र रकम असुलको फैला भएको छ ।

सैनिक हवाई महानिर्देशनालयका तत्कालिन महानिर्देशक पाइलट उपरथी सुधिर श्रेष्ठसहितलाई कारबाही गरिएको नेपाली सेनाले जनाएको छ । १९ जनामाथि छानबिन हुँदा श्रेष्ठले ५८ लाख ९५ हजार भ्रष्टाचार गरेकाले असुल उपर गर्ने फैसला गरिएको छ । अन्य ९ जनालाई सचेत गराइएको र ९ जनाले सफाई पाउने फैसला भएको छ ।

९ जेठमा भ्रष्टाचारमा दोषी ठहरिएपछि तीन सैनिक अधिकृतसहित पाँचजना कारबाहीमा परेका थिए । सैनिक अदाललते श्री सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत रहंदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका उनीहरुलाई सेवाबाट हटाउने देखि कैद र जरिवानासम्मको कारबाही गरिएको नेपाली सेनाले जनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !