६ जेष्ठ २०८१, आइतबार

बुद्ध दर्शन मानव जातिको मार्गनिर्देशक : मुख्यमन्त्री गुरुङ


prithivi subba gurung

कास्की, २५ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुद्धका विचार र उपदेशले आज बुद्ध दर्शनका रूपमा बौद्ध धर्मावलम्बीलाई मात्र नभइ समग्र विश्व मानवजातिलाई नै मार्गनिर्देश गरेको बताउनुभएको छ ।

२५६४औँ बुद्धजयन्तीका अवसरमा प्रकाशित शुभकामना सन्देशमा उहाँले सिद्धार्थ गौतमबुद्धकै कारण विश्व मानचित्रमा नेपाललाई बुद्धको देश र बुद्धदर्शनको उद्गमस्थलका रूपमा परिचित गराएको उल्लेख गर्नुभयो ।

इसापूर्व ५६३ मा राजा शुद्धोधन र रानी मायादेवीका सन्तानका रुपमा लुम्बिनीमा जन्मनुभएका सिद्धार्थ गौतमबुद्ध २१ वर्षको उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागेको स्मण गराउँदै मुख्यमन्त्री गुरुङले सन्देशमा स्वदेश तथा विदेशमा रहनुहुने दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको हो ।

यतिबेला विश्व मानवजातिकै अस्तित्वका लागि चुनौती बनेर आएको साझा शत्रु कोरोना भाइरस रोगविरुद्धको लडाइँ निरन्तर जारी रहेको बताउँदै मुख्यमन्त्री गुरुङले सन्देशमा यस लडाइँमा अभैm केही समय धैर्यता र मजबुत एकताका साथ जुध्न एवं उच्च सतर्कता र तयारीमा जुट्न आजको ऐतिहासिक दिनले हामी सबैलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले विश्वमा दुःख छ, दुःखको कारण छ र दुःख निवारण गर्न सकिन्छ भन्ने बुद्ध दर्शनबाट प्रेरित हुँदै यस अवसरमा शान्ति र सामाजिक न्यायसहितको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सार्थक पार्ने अभियानमा आप्mनो स्थानबाट निष्ठापूर्वक लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !