११ आश्विन २०८१, शुक्रबार

परिवारको सदस्यको मृत्यु संस्कार बाहेकका अन्य प्रयोजनका लागि अब सवारी पास नपाइने


जिल्ला प्रशासन कार्यालय, काठमाडौंको कार्यालय

३ बैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मृत्यु संस्कारमा सहभागी हुने बाहेकका अन्य प्रयोजनका लागि सवारी पास वितरण स्थगित गरेको छ । सवारी पासको अत्यधिक मागले लकडाउन उल्लङ्घन हुने खतरा बढेपछि प्रशासनले मृत्यु संस्कारमा सहभागी हुने बाहेकका कामका लागि सवारी पास नदिने निर्णय गरेका हो ।

लकडाउन प्रभावकारी पार्न बुधबार (बैशाख ३) देखि लागू हुनेगरी सवारी पास वितरण स्थगित गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिएका छन् । लकडाउनमा अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि प्रशासनले पास वितरण गर्दै आएको थियो ।

मंगलबारबाट जिल्ला प्रशासन कार्यालयले अनलाइनमार्फत ई-पास लिन सकिने व्यवस्था मिलाएको थियो । अत्यावश्यक खाद्यान्न, तरकारी ढुवानीलगायत कामका लागि भने पूर्ववत् अनलाइनमार्फत पास वितरण हुने प्रशासनले जनाएको छ । तर यसअघि पहेँलो रंगको पास लिएकाले अर्को पास लिन नपर्ने व्यवस्था पनि प्रशासनले मिलाएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौं


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !