१७ असार २०८१, सोमबार

नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं – प्रधानमन्त्री ओली


केपी शर्मा ओली

काठमाडौँ, वैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

नयाँ वर्ष २०७७ का उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उहाँले पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ सङ्कल्पको अवसर हुनुपर्ने थियो ।

तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्नुपरेको बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सामाजिक संजालमार्फत म यहाँहरु सबैलाई नयाँ वर्ष विक्रम सम्वत् २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु भन्नु भएको छ ।

प्रधानमन्त्री ओलीद्वारा नयाँ वर्ष २०७७ को शुभकामना

प्रधानमन्त्री ओलीद्वारा नयाँ वर्ष २०७७ को शुभकामना

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीको अपील : राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !