२० असार २०८१, बिहिबार

चार सय वर्ष पुरानो शिलालेख फेला


भाद्र १९,काठमाडौँ | अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकास्थित जलुके नौमुरेमा परापूर्वकालमा लेखिएको शिलालेख फेला परेको छ । शीतगंगा नगरपालिका–७ साविक जलुके गाविसको रातामाटा नौमुरेमा एउटा ढुंगामा परापूर्वकालमा नेपाली भाषामा लेखिएको अभिलेख फेला परेको हो । शिलालेखमा मिति १६८५ चैत १३ गते रहेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्री नौमुरे जलविद्युत् आयोजनास्थल हेर्न जाने क्रममा शिलालेख भेटिएको हो । श्री लेखिएकाले कुनै सरकारी तर पुरानो अभिलेख हुनसक्ने वा राप्ति नदीले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको अर्घाखाँचीका सहायक प्रजिअ खत्रीले बताउनुभयो । यो शिलालेख अहिलेसम्म कसैले देखेका थिएनन् ।

यो पुरानो लिपि हो यसलाई पुरानो विज्ञले विश्लेषण गर्नसक्ने भन्दै त्यहाँ लिएका तस्वीर विज्ञलाई पठाएको सहायक प्रजिअ खत्रीको भनाइ छ ।शिलालेख ठूलो ढुंगामा गडेको अवस्थामा रहेको छ । शिलालेख रहेको स्थानमा जाने बाटो अप्ठ्यारो भएको र उक्त ठाउँ बस्तीभन्दा टाढा रहेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !