३ असार २०८१, सोमबार

नेपाली सेनाको विमान बाजुरामा दुर्घटना, पाइलटको मृत्यु : दुई घाइते


nepal-army-plane-crashed

बाजुराको कोल्टी विमानस्थल नजिकै भएको नेपाली सेनाको विमान दुर्घटना पाइलट कैलाश गुरुङको मृत्यु भएको छ।

मंगलबार दिउँसो १२ बजेर २० मिनेटमा नेपाली सेनाको सामान बोकेको विमान कोल्टी विमानस्थल नजिकै अवतरणका क्रममा दुर्घटना भएको हो। दुर्घटनामा एक प्राविधिक र एक महिला पाइलट घाइते छन्।

विमानस्थदेखि केही पर, अवतरण गर्ने क्रममा दुर्घटना भएपछि जहाज पल्टिएको छ । जहाजमा रहेका चालक दलका सदस्य मध्ये क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको विमानस्थल सुरक्षा गार्डका प्रहरी नायव निरीक्षक लोकसिंह भाटले जानकारी दिनुभयो ।

दुर्घटना भएको विमानमा आगो लागेको थियो । स्थानीयवासी र नेपाल प्रहरीले आगो निभाएर घाइतेको उद्धार गरेका छन् । जहाजमा सवार चालक दलका दुई जना घाइतेलाई सीता एयरको विमानबाट नेपालगञ्ज लगिएको कोल्टी विमानस्थल सुरक्षा पोष्टले जनाएको छ ।

एनए ०४८ कल साइनको नेपाली सेनाको उक्त विमान सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि नेपाली सेनाको सामान बोकेर उडेको थियो।

सिमिकोटमा मौसममा खराबी आएको भन्दै उक्त जहाज कोल्टीका लागि डाइभर्ट भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !