१२ आश्विन २०८१, शनिबार

बुथ कब्जाको भिडियो : प्रहरीकै अगाडि धमाधम छाप हान्दै, पट्याएर बाक्सामा हान्दै


election booth capture

काठमाडौं । स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । बिहीबार बसेको संसद बैठकमा एमालेका तर्फबाट बोल्दै सांसद राजेन्द्र पाण्डेले सरकारले शक्तिको दुरुपयोग गरी ठाउँ ठाउँमा बुुथ कब्जा गरी धादँली गरेको भन्दै छानबिनको माग गरेका थिए ।

उनको यो माग त्यत्तिकै आएको होइन भन्ने एउटा भिडियो प्रमाण फेला परेको छ । जहाँ माओवादी र कांग्रेसले सहकार्य गरेका क्षेत्रमा प्रशासनको समेत सहयोगमा हुलदंगा मच्चाई बुुथ कब्जा गरिएको प्रष्ट देखिएको छ ।

नेपाल ट्युब नामको युट्युब च्यानलले स्थानीय निर्वाचनको क्रममा दोलखामा माओवादी र कांग्रेस कार्यकर्ताले बुुथ कब्जा गरेको भिडियो पोष्ट गरेको छ ।

भिडियोमा मतदातालाई मतदान केन्द्रसम्म आउन नदिन कांग्रेस र माओवादी कार्यकर्ता र प्रहरी प्रयोग गरेको देखिन्छ । सत्तारुढ दलका केही कार्यकर्ता मतपत्रमा छाप लगाउने, पट्याउने र बाकसमा हाल्ने काममा सक्रिय रहेका समेत भिडियोमा देखिएको छ ।

एमालेले माग गरेजस्तो के यी भिडियो प्रमाणको आधारमा धाँदली भएका वा बुुथ कब्जा गरिएको भनिएका क्षेत्रहरुको गडबडीको बिषयमा छानबिन होला ?

प्रमुख विपक्षी नेकपा एमालेले दोलखा जिल्लाका अधिकांश मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखकै सहयोगमा सत्तारुढ गठबन्धनले बुथ कब्जा गरेको भन्दै पुनः मतदानको माग गरेको छ । एमाले महासचिव ईश्वर पोखरेल र सचिव योगेश भट्टराईले फेसबुक लाइभमार्फत तामाकोशी र बैत्यश्वर गाउँपालिकाका आधा दर्जनभन्दा बढी मतदान केन्द्रमा पुनःनिर्वाचनको माग गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !