१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान : सभामुखको छैन अत्तोपत्तो


प्रतिनिधिसभाको बैठक फाइल फोटो

२४ मंसिर, काठमाडौं । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि आह्वान गरेकी छन् । मंगलबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस ४ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुष ४ गते दिउँसो ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेको कार्यालयले जनाएको छ । बर्खे अधिवेशन सकिएपछि तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा पक्राउ परेपछि यो पद रिक्त छ । सभामुखको टुंगो नलाग्दै संसद बैठक आह्वान गरेपछि सत्तारुढ नेकपालाई छिटो सभामुखको टुंगो लगाउनुपर्न दबाब पनि बढेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !