११ आश्विन २०८१, शुक्रबार

नागढुंगा–नौबीसे सुरुङमार्गको सुरुङको सर्भे गर्दै ठेकेदार कम्पनी


९ मंसिर, काठमाडौं । नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणको ठेक्का पाएको जापानी कम्पनी हाज्मारआन्दो जेभीले सुरुङ निर्माण अघि गर्नुपर्ने ‘प्रि–कन्स्ट्रक्सन सर्भे’ गरिरहेको छ । कम्पनीले सुरुङमार्ग निर्माणको तयारी गर्न विस्तृतरूपमा सर्भे थालिएको हो ।

उक्त सर्भेपश्चात् निर्माण गर्न शुरूदेखि अन्तिमसम्मको खाका तयार हुने र कसरी अगाडि बढ्ने भन्ने प्रस्ट हुने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार निर्माण कम्पनीले चाँडै सर्भे सम्पन्न गरेर काममा खटिने बताए ।

कम्पनीले दुई महिनादेखि सर्भेको काम गरिरहेको छ । आयोजनाले ४२ महिनाभित्र सुरुङ निर्माणको काम सम्पन्न गर्न कात्तिक २८ गतेदेखि ठेकेदारले काम गरेको समय शुरू भएको जनाएको छ । उक्त दिनदेखि ठेकेदारले काम गरेको मान्ने आयोजना प्रमुख खरेलले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !