११ आश्विन २०८१, शुक्रबार

नेपाल-भारत सीमा सुरक्षा बैठक मंसिर ४ गते पोखरामा बस्ने, अतिक्रमित भूमिबारे छलफल नहुने


२९ कात्तिक, काठमाडौं । भारतले नेपालको सिमा अतिक्रमण गरेको आरोपमा पछिल्लो समय निकै विवाद भएको छ । यसरी विवाद चर्किएको बेला नेपाल र भारत का अधिकारी सम्मिलित सीमा सुरक्षा बैठक आउँदो मंसिर ४ गतेदेखि ६ गतेसम्म पोखरामा बस्ने भएको छ ।

नेपालको सिमा मिचेको विषयले भारत प्रति नेपाली जनताहरुको आक्रोश बढे पनि उक्त बैठकमा यस विषयमा छलफल गर्ने एजेण्डा भने छैन । गृहमन्त्रालय स्रोतका अनुसार ‘सीमा अपराध, सीमामा संयुक्त गस्तीलगायतका विषयमा बैठकमा छलफल हुने भएको छ । तर सीमा विवादको विषयमा भने छलफल गर्ने एजेण्डा अहिलेसम्म बनेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !