११ आश्विन २०८१, शुक्रबार

मंगलबारदेखि सुरु हुने एनआरएनए सम्मेलनको लागि १५ सय प्रतिनिधि काठमाडौंमा


२७ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । मंगलबारदेखि होटल हायात रिजेन्सीमा आयोजना हुने विश्व सम्मेलनका लागि विभिन्न देशबाट १५ सय प्रतिनिधिहरु काठमाडौं आईसकेका छन्

सोमबार पत्रकार सम्मेलनमा ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित हुने सम्मेलनको तयारी करिब पूरा भएको एनआरएनएका महासचिव बद्री केसीले जानकारी दिए ।

प्रतिनिधिहरुको नामदर्ता सोमबार ३ बजेसम्म र वैकल्पिक प्रतिनिधिको साँझ ७ बजेसम्म नाम दर्ता गरिने एनआरएनए प्रवक्ता भुवन घिमिरेले जानकारी दिए ।

मतदानको कार्यतालिका २९ गते छ । सम्मेलनमा प्रतिनिधिसहित नेपाल र ८१ राष्ट्रबाट २५ सय जनाको सहभागिता रहेने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !