२२ भाद्र २०८१, शनिबार

आजबाट अवकाश पाउने डा. केसीले पत्रकार सम्मेलन गर्ने


डा. गोविन्द केसी

असोज २७, काठमाडौं । बिगत लामो समयदेखि चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक-पटक अनशन बस्दै आएका प्रा. डा. गोविन्द केसीले आजबाट सरकारी सेवाबाट अबकाश पाउने भएका छन् । उमेर हदका कारण उनले अनिवार्य अवकाश पाउने भएका हुन् ।

आजबाटै अबकाश पाउने भएपछि डा. केसीले पत्रकार सम्मेलनको आयोजना गर्ने जानकारी दिएका छन् । उनले सोमबार बिहान १० बजे महाराजगंजस्थित त्रिवि शिक्षण अवस्पतालको गणेशमान सिंह भवनमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा उनले आफ्नो एजेण्डालाई निरन्तरता दिने विषयमा जानकारी दिने बुझिएको छ । विगत सात वर्षदेखि चिकित्सा शिक्षामा सुधारको माग राखेर डा. केसीले आन्दोलन गर्दै आएका छन् । उनी वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !