११ आश्विन २०८१, शुक्रबार

जापानमा रोजगारी : चिट्ठा परे भाषा परीक्षा


japan

१३ असोज, काठमाडौं । जापान रोजगारीमा जान ठूलो संख्यामा आवेदन पर्ने अनुमान गर्दै जापान फाउन्डेसनले पहिले चिट्ठा अनि परीक्षाको उपाय अपनाएको छ । एकैचोटि ठूलो संख्यामा आकांक्षीले परीक्षा दिँदा त्यसको व्यवस्थापन गर्न कठिन हुने अनुमान गर्दै फाउन्डेसनले चिट्ठा पर्नेले मात्र भाषा परीक्षा दिन पाउने सूचना जारी गरेको हो । अब भाषा परीक्षामा सहभागी हुन भाग्यले साथ दिनुपर्नेछ ।

फाउन्डेसनले परीक्षामा सामेल हुन चाहनेका लागि अनलाइन दरखास्त आह्वान गरिएको जनाएको छ । रोजगारीका लागि जापान जान खोज्ने युवाको भाषा र सीप परीक्षण तथा अन्य व्यवस्थापकीय काम गर्न काठमाडौँस्थित जापानी दूतावासले जापान फाउन्डेसनलाई नियुक्त गरेको छ ।

फाउन्डेसनले कात्तिक १०, ११ र १२ मा पहिलो चरणको भाषा परीक्षा हुने जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !