९ आश्विन २०८१, बुधबार

सय मेनपावर ‘मर्ज’ हुँदै


१६ भदौं, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मेनपावर कम्पनीहरुलाई एकआपसमा गाभिन(मर्जर) निर्देशन दिएसँगै मेनपावर व्यवसायीहरु यसको कार्यान्वयनमा जुटेका छन् ।

आइतबारसम्म दुई सय ६६ वटा मेनपावर मर्जनर प्रक्रियामा जानको लागि वैदेशिक रोजगार विभागमा व्यवसायीहरुले निवेदन दिएका छन् ।

विभागका प्रवक्ता भोलानाथ गुरागाईंका अनुसार ९८ वटा मेनपावर ‘मर्ज’ हुनका लागि दुई सय ६६ वटा मेनपावर ‘मर्जर’ प्रक्रियामा जान चाहेका छन् ।

पाँच सय ७६ वटा मेनपावरले बैंक ग्यारेन्टी राखेको विभागले जनाएको छ भने नगद राख्नेमा पाँच सय ३३ वटा मेनपावर रहेका छन् । यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा छापिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !