९ भदौ, काठमाडौं । शालिकराम पुडासैनीको आत्महत्याको मुद्दाबारे रवि लामिछाने र युवराज कँडेलले सार्वजनिक रुपमा बोल्न नपाउने भएका छन् । मुद्दाको अन्तिम टुंगो नलागेसम्म मुद्दाका अनुसन्धानमा संलग्न प्रहरी, अभियुक्त, वकिल, मुद्दाका पक्षहरुसँग टेलिभिजन कार्यक्रम चलाउन, फेसबुक लाइभ, ट्वीटर लगायतमा विचार र प्रतिक्रिया दिन रोक लगाइएको छ ।
प्रहरीले लामिछाने, कँडेल र कार्की ३० साउनमा तीनैजनालाई पक्राउ गरेको थियो ।