३० कार्तिक २०८१, शुक्रबार

चाड नजिकिएपछि खर्च जुटाउन भारततिर


Nepalpatra

काशीराम शर्मा, बाँके, ५ भदौ । मुलुक सङ्घीय प्रणालीमा गइसक्यो, स्थानीय र प्रदेश सरकार पनि बनिसक्यो तर, धेरै युवा अहिले पनि बेरोजगार छन् । रोजगारी र समृद्धि नारामै मात्र सीमित छ । केही पैसा कमाउन उनीहरु विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् । ने पालगञ्ज नाकाबाट हिजोआज दिनहुँ भारत प्रवे श गनेर्  ने पालीको  लकोर्  देख्न पाइन्छ ।

साविकको मध्यपश्चिम क्षेत्रका जाजरकोट, दै ले ख, रुकुम, रो ल्पा, कालीको ट, सल्यान, प्युठान र दाङ्गका मानिसहरु समूह बनाएर भारततिर गइरहे का छन् । वषेर् बाली लगाउन घर आएकाहरु पुनः मजदुरीका लागि भारत फर्किएका छन् । “घरपरिवार छोडेर अर्काको देशमा काम गर्न जाने रहर त कसलाई हुँदो हो तर, गुजाराका लागि जानैपर्ने बाध्यता छ,” नेपालगञ्ज भन्सार नाकामा आफ्नो बाध्यता सुनाउँदै जाजरकोट छेडागाड नगरपालिकाका मानसिंह नेपालीले भन्नुभयो ।

घरबाट बिदाइको हात हल्लाएर निस्कने उहाँ मात्रै हुनुहुन्न । मानसिंहसँग गाउँका अन्य २०/२५ जना युवा पनि थिए । रोपाइँको काम सकिएपछि उनीहरु कमाउने ठूलो आश बोकेर भारततर्फ लागेका छन् । “यो बेला अब त्यतिधेरै काम पनि हुँदैन,” सोही ठाउँका मंगल पुनले भन्नुभयो – “अब एकैचोटि चाडपर्वमा फर्किने गरी कमाउनका लागि गइरहेका छौं ।” उनीसँगै आएका सबै युवा भारतको सिमला, कालापहाड लगायतका ठाउँमा काम गर्न गएका हुन् ।

रोपाइँको काम सकिएपछि अहिले धमाधम युवा जनशक्ति भारत पलायन भइरहेको छ । मौसमअनुसार मजदूरी गर्न नेपाली युवा धमाधम भारत पस्न लागेका हुन् । अहिले भारत जाने त्यस्ता युवाको नेपालगञ्ज भन्सार नाकामा लर्को लाग्ने गरेको छ । गाउँघरमा खेतीपातीको काम सकिएसँगै रोजगारीको व्यवस्था नरहेकाले भारत जान लागेको मानसिंहले बताउनुभयो ।

“घरमा खेतीपातीको काम सकिएको छ,” उहाँले थप्नुभयो – ‘अलिअलि बाँकी रहेका काम घरपरिवारका अरु सदस्यले गरी हाल्छन् । हामी अब एकैचोटि दशैंतिहारमा मात्रै उताबाट फर्किन्छौं ।’ सङ्घ तथा प्रदेश सरकारले युवा वर्गलाई प्रदेशमै रोजगारीको अवसर सिर्जना गरी भारत जाने बाध्यताको अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै आए पनि रोजगारीको खोजीमा भारत जानेको सङ्ख्या घट्न सकेको छैन ।

रोपाइँको काम सकिएपछि मौसमी कामका लागि नेपालीहरु भारतको हिमाञ्चल प्रदेश, सिमला, पुने, रिमा लगायतका ठाउँमा कामका लागि जाने गरेका छन् । खास गरेर उनीहरु स्याउ टिप्ने, घाँस काट्ने लगायतको कामका लागि जाने गरेको मानसिंह बताउनुहुन्छ । साउनमा गएकाहरु तीन÷चार महिना काम गरेर दशैंतिहारमा फर्किन्छन् । उहाँका अनुसार चार÷पाँच महिना काम गर्न पाएमा चाडपर्वका बेला भारु ४०/५० हजार जोगाएर ल्याउन सकिन्छ ।

पहिले पनि सिमला गइसक्नुभएका उहाँले भन्नुभयो – “काम राम्ररी गर्न पाइयो भने कमाइ पनि राम्रै हुन्छ तर, राम्ररी काम गरिएन भने भारु २०/२५ हजार लिएर आउनुपर्छ ।” घरको आर्थिक अवस्था कमजोर भएर विदेशमा मजदुरी गर्न जान उनीहरु बाध्य भएका हुन् । चाडपर्व र खेतीपातीको काम सकिएपछि कामको खोजीमा दिनहुँ धेरै व्यक्ति भारततर्फ पलायन भइरहेका छन् ।

खेतीपातीको काम सकिएकाले केही कमाउने आशमा भारत जान लागेको सुर्खेत सिम्ता गाउँपालिकाका हरिश महताराले बताउनुभयो । “अब एकैचोटि चाडपर्व मनाउनका लागि फर्किन्छौ,” उहाँले भन्नुभयो । सिमलामा स्याउ टिप्ने र बोक्ने काममा जान लागेको उहाँले बताउनुभयो । भारत जानेमा उनीहरुमध्ये कोही यसअघि पनि त्यहाँ गएर काम गरिसकेका छन् भने कोही पहिलो पटक जाँदैछन् ।

पचास वर्ष नाघिसक्नु भएका सुर्खेत चिङ्गाड गाउँपालिकाका आइते नेपाली गाउँघरमा रोजगारीको व्यवस्था नरहेकाले केही कमाउने उद्देश्यले विगतदेखि नै भारतमा गएर मौसमी काम गर्दै आइरहनुभएको छ । उहाँले भन्नुभयो – “गाउँघरमै रोजगारीको व्यवस्था भए त यसरी सधैं जानु पर्दैनथ्यो ।” आफ्नो  उत्पादनले  वर्षभरि खान नपुग्ने  भएपछि मध्यपश्चिमका पहाडी जिल्लाका ने पालीहरु प्रायः भारतमा मजदूरी गर्नकै लागि जाने गर्छन् ।

सल्यान बनगाड कुपिन्डे नगरपालिकाका बलबहादुर बिष्टले वषेर् बाली लगाउन आएको  र सिद्धिएपछि काममा फर्किएको  बताउनुभयो । घरको आर्थिक अवस्था नाजुक भएका कारण मजदुरी गर्न भारत जान लागेको उहाँको भनाइ छ । “राम्रो काम पाएपछि धेरै समय बस्ने गरी गइरहेको छु,” उहाँले भन्नुभयो – “कहिले फर्किने भन्ने निश्चित छैन ।” पहाडी जिल्लाबाट युवा वर्ग भारत पसेपछि गाउँ नै सुनसान हुने गरेको छ ।

“खेतीबारी थोरै छ, परिवार पाल्नै प¥यो, खेती गरेर सधैं मजदूरीका लागि भारत जानैपर्छ,” भारत जाँदै गरेका सल्यानका रामबहादुर रावतले भन्नुभयो – “मजदूरीका लागि भारत नगई सुखै छैन ।” बेरोजगार युवा काम गर्न विदेश हिँडेपछि गाउँमा महिला, बालबालिका र वृद्धा मात्रै हुने गरेका छन् । धान रोपाइँ सकेपछि ३÷४ महीना खाली बस्नुपर्ने र नेपालमा कुनै रोजगारीका अवसर नभएका कारण उनीहरु भारत जान बाध्य भएको रावतले बताउनुभयो ।

ने पालगञ्ज नाकाबाट अहिले  दै निक ७००/८०० को सङ्ख्यामा ने पालीहरु भारततिर गइरहे को सीमा प्रहरी चौकी जमुनाहाका इञ्चार्ज प्रहरी नायब निरीक्षक माधव रिजालले बताउनुभयो । उहाँले भन्नुभयो – “को ही समूह–समूह बनाएर त को ही दुई चारजना मिले र कामका लागि नाका पार गदैर् छन् ।”

अहिले  गएका वा वषेर् बाली लगाउन घर नआएका ने पालीहरु दशैंतिहारमा घर फर्किन्छन् । त्यतिबे ला नाकामा भीड लाग्ने गर्छ । सरकार दे शमै  रो जगार दिलाउँछौं भन्ने आश्वासन बाँडिरहन्छ तर, ने पालीहरु घरपरिवारलाई छो डे र अर्काको  दे शमा मजदूरी गर्न झो ला बो के र हुलका हुल निस् िकएका छन् । आफ्नो  उत्पादनले  ५÷६ महीना खान नपुग्ने  पहाडी जिल्लाका कतिपय मानिसहरु परिवारै सहित भारत जान्छन् ।

प्रहरी नायब निरीक्षक रिजालले भन्नुभयो – “बिहानैदेखि साँझसम्म मजदूरी गर्न नेपालीहरु लर्को लागेर भारत गइरहेका छन् । दैनिक सयौं नेपाली कामका लागि देश छोडिरहेका छन् ।” आफ्ना बालबालिकाको पढाइको चिन्तासँगै नूनतेलको जोहो गर्नकै लागि यहाँका युवालाई भारत जानुपरेको बाध्यता छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !