८ आश्विन २०८१, मंगलबार

सात दलित बालबालिका रोकिए


Nepalpatra

जाजरकोट, २३ साउन । डोल्पाको मुड्केचुला गाउँपालिका र काइके गाउँपालिकाका सात बालबालिकालाई यहाँको विमानस्थलबाट उद्धार गरिएको छ ।काठमाडौँको जोरपाटीमा सञ्चालित छुतसाङ गुम्बामा पढाउनका लागि लैजाने तयारी गरिरहेका बेला विमानस्थल प्रहरीले उनीहरूलाई रोकेको हो । कानूनी प्रक्रिय पूरा नगरेर गुम्बाका लामा लोपसाङ फुन्चोक लामाले लैजान लागेको काइके गाउँपालिका–७ का दुई, ६ का चार र मुड्केचुला–७ का एक गरी सात बालबालिकाको उद्धार गरिएको विमानस्थल सुरक्षा प्रमुख कमल शाहले राससलाई जानकारी दिनुभयो ।

तिब्बतियन नागरिक फुन्चोकले लैजना लागेको सबै बालबालिका दलित समुदायका ९ देखि १३ वर्षसम्मका छन् । बौद्धको जोरपाटीमा रहेको गुम्बाको आधिकारिकताबारे जानकारी नभएसम्म जिल्लाबाट बाहिर बालबालिका लैजान नपाउने प्रजिअ मुकेशकुमार केशरीले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !