७ आश्विन २०८१, सोमबार

लोपोन्मुख बोटे जातिका लागि एकीकृत बस्ती निर्माण हुँदै


Nepalpatra

हेटौँडा, ३० असार । लोपोन्मुख एवं सिमान्तकृत जातिका रुपमा रहेको बोटे समुदायका लागि मकवानपुरको मनहरी गाउँपालिकाका– ७ मा एकीकृत बस्ती निर्माण कार्य शुरु भएको छ । रमौली प्रतापपुरबाट बस्ती हस्तान्तरण गरी ल्याइएका बोटे समुदायका लागि मनहरी गाउँपालिकाबाट एकीकृत बस्ती निर्माण शुरु भएको हो ।

सरकारले उपलब्ध गराएको १० कट्ठा जमीनमा बस्दै आएका १४ घर बोटेका लागि व्यवस्थित बसोबास निर्माण भइरहेको छ । त्यसका लागि मनहरी गाउँपालिकाको रु २० लाख र सरकारको रु ५० लाख रकम विनियोजन भएको बताइएको छ ।

उक्त गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले १० कट्ठा जमीनमा उनीहरुलाई एकीकृत बस्तीका रुपमा राख्ने उद्देश्यले काम भइरहेको छ । उक्त जग्गामा हाल पाँच वटा घर निर्माण भइरहेको छ । पछि नयाँ आर्थिक वर्षमा त्यहाँ थप घर र उनीहरुको सांस्कृतिक भवन निर्माण हुने अध्यक्षको भनाइ छ । उनीहरु हाल झुप्रो तथा टहरामा बस्दै आएका र अवस्था दयनीय रहेको जनाइएको छ । । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !