३ असार २०८१, आइतबार

भक्तपुर केन्द्रबिन्दू बनाएर ४.६ रेक्टरको भूकम्प


earthquake

असार २१, काठमाडौँ । शनिबार अपरान्ह ४ बजेर १५ मिनेटमा काठमाडौं र काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । भक्तपुरको दूधपाटी केन्द्रबिन्दू बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरत कोइरालाले बताए ।

कोइरालाका अनुसार भूकम्पको धक्का उपत्यका आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो । उनले भने, ‘सुरुमा सल्लाघारी देखिएको थियो । सुक्ष्म विश्लेषण गर्दा भक्तपुरको दूधपाटी केन्द्रबिन्दू बनाएर भूकम्प गएको देखियो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !