२१ कार्तिक २०८१, बुधबार

भारतीय ‘बाँध’ले नेपाली बस्ती डुबानमा


९ असार, काठमाडौं । भारतले सीमाक्षेत्रमा अन्तर्राष्ट्रिय नियमविपरीत निर्माण गरेको ‘बाँधजस्ते सडक’ ले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिका डुबानमा परेको छ ।

नरैनपुर भारतीय सीमाक्षेत्रसँगै जोडिएको गाउँपालिका हो । पालिकाको उत्तरतिरबाट बग्ने पानीले पूर्व–पश्चिममा भारतले निर्माण गरिरहेको बाँधजस्तो सडकका कारण कारण निकास नपाउँदा नरैनापुरका १,२ र ३ वडा डुबान परेका हुन् ।

बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटीहा, वहाबपुर्वा, रोसनपुर्वालगायत दर्जनौँ गाउँ डुबानमा परेका छन् । यो समाचार आजको नागरिक दैनिकमा अर्जुन ओलीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !