४ आश्विन २०८१, शुक्रबार

मनभरी दुख, पेटभरी भोक, शरीरभरि गोली


१६ जेठ, काठमाडौं । देशैभरी १२औँ गणतन्त्र दिवस भव्य रुपमा मनाइरहँदा गणतन्त्र स्थापनाका लागि लडेका पूर्व माओवादीका घाइते लडाकू भने उपचार नै नपाएर शरीरभरि गोली र छर्रा बोकेर बसेका छन् ।

‘छोराछोरी सबै लाखापाखा लागे । घरमा दुईजना बुढाबूढीमात्र छौँ । मेरो दुईवटा खुट्टा सुनिएका छन् । आठ महिनादेखि खुट्टा सुन्निएर मुरुमुट्ट भएका छन् ।

श्रीमती बुद्धरानी लिम्बुनी समेत ऊ त्यो कुनामा सुतिरहेकी छन् । मेरो यस्तो हालत भएपछि उनीलाई समेत डिप्रेसन भयो । एक वर्षदेखि डिप्रेसनको औषधि नियमित खाँदै थिइन् । एक हप्ता भयो औषधि छुटेको ।

पैसा नभएपछि रोगले च्यापेर खानासमेत पकाउन छोडिन् । अहिले म आफैँ ह्विलचियरमा बसेर नै खाना पकाउँदै छु । कुनामा सुतिरहेकी श्रीमतीलाई देखाउँदै पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ नवमीमा स्थायी घर भई हाल इलामको चुलाचुली गापा–१ मा बस्दै आएका वर्ष ४५ का पूर्वमाओवादी लडाकू अमरकुमार चेम्जोङ भन्छन्, मेरो हालत यस्तै छ ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा टीकाराम उप्रेतीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !