४ आश्विन २०८१, शुक्रबार

अन्यायमा पशुपतिनाथ : १७ हजार रोपनीको आम्दानी ७४ लाख


Pashupati-Nath

६ जेठ, काठमाडौं । पशुपतिनाथका नाममा काठमाडौँ उपत्यकामै १८ हजार रोपनी जग्गा छ । आनाकै लाखौं पर्ने यति धेरै जग्गाको आयस्ता अर्बौं हुन सक्छ । तर, १७ हजार रोपनीबाट भाडा उठ्छ– वर्षको जम्माजम्मी ७४ लाख रुपैयाँ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोपीकृष्ण ढुंगाना र सुरेन्द्र काफ्लेले लेखेका छन् ।

बरु १ हजार १ सय २६ रोपनी उपभोग गर्ने त्रिभुवन विमानस्थलले वर्षको करोड तिर्छ । त्यो पनि अति कम हो ।

पशुपति क्षेत्र विकास कोषका तीनवटा कार्यालयले वार्षिक ७४ लाख १७ हजार ९ सय ५३ रुपैयाँ मात्रै कुत पाउने गरेको कोषध्यक्ष डा. मीलनकुमार थापाले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !