४ आश्विन २०८१, शुक्रबार

गृह मन्त्रालयबाट नै करिब ३ कराेड बराबरकाे दुई गाडी गायब


१ जेठ, काठमाडौं । गृह मन्त्रालतबाट थायब भएका दुईवटा गाडीमध्ये एउटा फिर्ता हुने चरणमा छ भने एउटाको अत्तोपत्तो छैन । गृह मन्त्रालयबाट सरुवा भएका सहसचिव सुशील कोइरालाले प्रयोग गरिरहेको गाडी फिर्ता हुने चरणमा छ । तर गृहबाटै गायब भएको बा ६ च १० २५ नम्बरको प्राडो जिप भने कहाँ छ, अहिलेसम्म पत्ता लागेको छैन । हराएको उक्त जिपको मूल्य नेपालमा २ करोड २५ लाखदेखि २ करोड ८५ लाख रुपैयाँसम्म छ ।

गृहमा रहँदा सहसचिव कोइरालाले आवश्यकता आधारमा निर्वाचन आयोगबाट मागेको बा ६ च २८०२ नम्बरको स्कारापियो गाडी सरुवा भएपछि सँगै लगेका थिए । सो गाडी खोजी गर्दा बिनाजानकारी सहसचिव कोइरालाले प्रयोग गरेको पाइएपछि गाडी फिर्ता गर्न गृहले पत्राचार गरेको थियो । यो समाचार टपेन्द्र कार्कीले नागरिकमा लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !