१५ वैसाख, काठमाडौं । गैरसरकारी संस्थाले विभिन्न क्षेत्रमा २३ अर्ब बराबरको रकम खर्चेर कार्यक्रम सञ्चालन गरे पनि देश र जनताको हितमा तात्विक उपलब्धि नभएको पाइएको छ ।
२३ देशका ९८ गैरसरकारी संस्थाले नेपालको विभिन्न क्षेत्रमा २३ अर्व ६ करोड ७४ लाख रुपयाँ कार्यक्रम स्वीकृत गरे पनि त्यसले अपेक्षित नतिजा हासिल गर्न नसकेको महालेखा परीक्षण कार्यालयको पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गत आर्थिक वर्षमा समाज कल्याण परिषदबाट ती गैरसरकारी संस्थाले कार्यक्रम सञ्चलानर्थ स्वीकृित लिएका थिए । ती संस्थाको १ वर्षदेखि ५ वर्ष्भित्र खर्च गर्ने र अनुगमन हुने गरी प्रस्ताव र स्वीकृत भई मन्त्रालयमा पेश भएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा सुम्निमा काफ्लेले लेखेका छन् ।