३ आश्विन २०८१, बिहीबार

जनप्रतिनिधिको कालो धन्दाः भारतीय नागरिकलाई नेपाली नागरिकता सिफारिस


Citizenship

१३ वैसाख, भद्रपुर । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिन लागेको घटना झापामा सार्वजनिक भएको छ । कचनकवल गाउँपालिका–२ का बमबहादुर गुरुङ र उनका श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भारतीय नागरिक भुपाल गुरुङलाई नेपाली नागरिकता बनाइदिन लागको घटना बाहिर आएको हो ।

आवश्यक कागजात पूरा गरी बमबहादुरले आफ्नो जेठो छोरा भन्दै भूपाललाई नागरिकता बनाउन बुधबार जिल्ला प्रशासन कार्यालय झापा लगेका थिए । भूपालमाथि शंका लागेर प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुंगेलले सोधपुछ गर्दा स्थायी ठेगाना भारत भएको र भारतीय मतदाता परिचयपत्र देखाएपछि घटना सार्वजनिक भएको थियो । (पत्रपत्रिकावाट)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !