५ जेष्ठ २०८१, शनिबार

मकालु एयरको विमान दुर्घटना, दुई चालक घाइते


Makalu-Air-Crash

मकालु एयरको विमान दुर्घटना हुँदा विमान चालक साङ्गे लामा र सहविमान चालक प्रशान्त शाह गम्भीर घाइते भएका छन् ।

सुर्खेत जाँदै गरेको मकालु एयरको विमान अपराह्न ३ः३० बजे सिमीकोट गाविसको राउटेराना भन्ने स्थानमा कर्णालीका छेउमा खसेको थियो । लामा र शाहको सिम्रिक हेलिकम्परबाट उद्धार गरी सिमीकोट अस्पतालमा उपचार भइरहेको छ । उता दुर्घटनाग्रस्त विमान कर्णालीले बगाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !