५ जेष्ठ २०८१, शनिबार

शहीदप्रति श्रद्धाञ्जलि र मुलुकप्रति सम्मान


nepalgunj

३ असोज, नेपालगञ्ज । शहीदप्रति श्रद्धाञ्जलि र राष्ट्रप्रति सम्मान भाव प्रकट गरी संविधान दिवस मनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा आयोजित कार्यक्रमका सहभागीले नेपालमा लोकतान्त्रिक संविधान प्राप्तिको आन्दोलनमा जीवन आहुति दिने शहीदको तस्बीरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

कार्यक्रममा प्रदेश नं ५ प्रदेशसभामा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक सांसद सुरेन्द्रबहादुर हमालले शहीदले कल्पना गरेको शान्त र समृद्धशाली मुलुक बनाउन सबैले होस्टेमा हैंसे गर्नुपर्ने समय आएको बताउनुभयो ।

संविधान दिवस बाँके जिल्ला मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समितिका अध्यक्ष अजयकुमार श्रीवास्तवको सभापतित्वमा भएको कार्यक्रममा नेकपाका नेता अशोक कोइराला, नेपाली काङ्गे्रसकी नेत्री किरण कोइराला, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नेपालगञ्ज उपमहानगरपालिका कार्यबाहक प्रमुख उमा थापामगरलगायतका वक्ताले अब भैm–झगडाको राजनीतिबाट मुलुकलाई मुक्त गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा कर्मचारी र स्थानीय जनप्रतिनिधिबीच भएको ब्याडमिन्टन प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसअघि गरिएको प्रभातफेरीमा प्रहरी, कर्मचारी, जनप्रतिनिधि, नागरिक समाजका पदाधिकारी, शिक्षक, विद्यार्थी, पत्रकार, कानून व्यवसायी सम्मिलित हुनुहुन्थ्योे । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !