४ आश्विन २०८१, शुक्रबार

आज विज्ञान दिवस मनाइयो


छेटौँ विज्ञान दिवस

१ असोज, काठमाडौँ । “विज्ञान तथा प्रविधि, दीगो विकास र समृद्धि” भन्ने नारासहित आज छेटौँ राष्ट्रिय विज्ञान दिवस नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान खुमलटारमा मनाइयो । यो दिवस २०७० सालदेखि असोज १ देखि मनाउन थालिएको हो ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संघसंस्थालाई उत्साह दिने र जनमानसमा पनि विज्ञानप्रतिको रुचि बढाउने उदेश्यले दिवस मनाउन थालिएको हो । नेपालमा उपलब्ध जनशक्तिबाट पनि विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रगति गर्न सकिने सम्भावना भए पनि जनशक्ति परिचालन र व्यवस्थापनमा सन्तुलन मिलाउन नसक्दा उल्लेखनीय काम हुन सकेको छैन ।

तर नेपालमा अझसम्म पनि विज्ञान तथा प्रविधिसग सम्वन्धित तत्कालिन विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले बैज्ञानिकको यथार्थ परिभाषा गर्न सकेका छैनन ।  बिश्वब्यापी रुपमा स्थापित बैज्ञानिकको सर्वमान्य परिभाषा अनुसार नेपालमा बैज्ञानिकलाई परिभाषित गर्न नसक्नु बिडम्वनाको कुरा हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !