४ आश्विन २०८१, शुक्रबार

मकालु साबुन उद्योगमा आगलागी


Fire-2

१ असोज, वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिकामा रहेको एक साबुन उद्योगमा आगलागी भएको छ ।

परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको अन्नपूर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिजमा सोमबार बिहान आगलागी भएको हो । वीरगञ्जका उद्योगपति वीरेन्द्रप्रसाद संघाईको यो उद्योगमा  दबंग र मकालु ब्रान्डका कपडा धुने साबुन उत्पादन हुन्छन् ।

बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान छ । वीरगञ्ज महानगरपालिका, पोखरीया नगरपालिका, सिमरा उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्ज डिपोको दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !