४ आश्विन २०८१, शुक्रबार

ढुवानी शूल्क बढाउन ग्यास व्यवसायीको माग


LPG Association

३१ भदाै, काठमाडौं । दशैं नजिकिँदै गर्दा ग्यासको आपूर्तिमा अवरोध आउन सक्ने नेपाल एलपि ग्यास उद्योग संघले  चेतावनी दिएको छ । संघले खाना पकाउने ग्यासको ढुवानी शूल्क बढाउन माग गरेका छन् । हाल कायम रहेको मूल्यले ढुवानी गर्न नसकिने बताउँदै उनीहरूले ढुवानी शूल्क बढाउन माग गरेका हुन् ।

यसअघि सरकारलाई बुझाएको मागपत्र सम्बोधन नभएको भन्दै यथाशिघ्र सम्बोधनकालागि संघले ध्यानाकर्षण समेत गराएको छ । संघका अध्यक्ष गोकुल भण्डारीले डिजेलको मूल्य बढेको भन्दै भाडा समायोजन नभए ग्यास ढुवानी बन्द गर्ने पत्र भारतीय ढुवानी व्यवसायीले पठाएको बताए।

उनले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने,’हामीले भारतीय ढुवानीकर्ताले पठाएको पत्र उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबलार्इ समेत दिइसकेका छौं ।’ भारतीय ढुवानीकर्ताको माग संवोधन नभए चाडपर्वकै बेला ग्यास आपूर्तिमा समस्या हुनसक्ने भण्डारीले बताए ।

हालसम्म नेपाली नम्बर प्लेटका ग्यास बुलेटहरु संचालनमा आउन नसकेको भन्दै यसबाट समस्या उत्पन्न हुनसक्ने संघले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !