३ असार २०८१, आइतबार

राष्ट्रपति भण्डारीको शुभकामना : मैत्री सम्बन्ध अझै सुदृढ हुने विश्वास


Rastrapati_Bidhyadevi-Bhandari फाइल फोटो

२५ भदौ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लामिक गणतन्त्र पाकिस्तानको राष्ट्रपतिमा निर्वाचित हुनु भएकोमा डा अरिफुर रेहमान अल्भीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले आइतबार एक शुभकामना सन्देश पठाउनु भई नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझै सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको हो । नेपाल र पाकिस्तानबीच रहँदै आएको मैत्री सम्बन्ध आगामी दिनमा अझै सुदृढ हुने र जनस्तरको सम्बन्धसमेत प्रगाढ भएर जाने विश्वास राष्ट्रपति भण्डारीको सन्देशमा व्यक्त गरिएको छ ।

क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा दुई देशको साझा चासो र सहकार्यको वातावरण आगामी दिनमा अझै प्रभावकारी हुने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रपति अल्भीको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । यस्तै पाकिस्तानी जनताको शान्ति, समृद्धिको कामनासमेत गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !