१२ आश्विन २०८१, शनिबार

एनआईसी एशिया बैंकको नयाँ शाखा डुम्रेमा


१६ भदौ, काठमाडौ । एनआईसी एशिया बैंकले तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. १ डुम्रेमा नयाँ शाखा विस्तार गरेको छ । सो शाखाको बिहीबार बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै बैंकका संचालक अर्यालले आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले यहाँसम्म आइपुगेको ।

थप नयाँ शाखासहित देशभर २४१ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्स्टेन्सन काउन्टर एवं १८ वटा शाखारहित बैंकिङ मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकको दाबी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !