७ जेष्ठ २०८१, सोमबार

नेकपालाई सुनसरीमा नेतृत्व छान्न सकस


CPN Flag

१५ भदौ, सुनसरी । पार्टीभित्रको आन्तरिक गुटबन्दीले गर्दा नेपाल कम्युनिस्ट पार्टी नेकपालाई सुनसरीमा नेतृत्व छान्न सकस परेको छ ।

तत्कालीन एमालेभित्रको ओली र नेपाल गुटका कारण को नेतृत्वमा जाने भन्ने विवाद छ भने तत्कालीन माओवादी केन्द्रभित्र पनि उही समस्या देखिएको छ । जिल्लास्थित नेताहरु अहिले आफ्ना गुटका नेताहरु खुशी पार्न लागेका छन् ।

प्रदेश १ मा तत्कालीन एमालेका पार्टी सचिव भिम आचार्यको आफ्नै गुटबन्दीका कारण थप समस्या भएको नेकपाका एक नेताले बताए । संसदीय र स्थानीय तहको चुनावदेखि नै ओली गुट र नेपाल गुटका कारण विवाद भएको सुनसरीमा अहिले पनि विवाद यथावत छ ।

सुनसरीमा जिल्ला अध्यक्ष अथवा इन्चार्जमध्ये एउटा माओवादीले पाउनुपर्ने माग गरेको छ । भागबण्डा नमिलेका कारण कार्यदलले जिल्लामा नेतृत्व गर्ने नेताको नाम सिफारिस गर्न नसकेको कार्यदलका सदस्य सावित्रीकुमार काप्mले बताए ।

कार्यदलमा तत्कालीन एमालेका भिम आचार्य, शेरधन राई, तत्कालीन माओवादीका राम कार्की र सावित्रीकुमार काफ्ले रहेका छन् । काफ्ले नेतृत्वको प्रदेश स्तरीय कार्यदलले प्रदेश १ का जिल्लाहरुमा कुन कुन पार्टीले नेतृत्व लिने भन्ने सहमति नजिक पुगे पनि सुनसरीलगायत अन्य जिल्लाको नेतृत्वमा को जाने भन्ने सहमति हुन जुटाउन नसकेको हो ।

सुनसरीमा अध्यक्षमा माओवादीले समेत दावी गरिरहेको अवस्थामा कसलाई अध्यक्ष बनाउने भनेर कार्यादलले सिफारीस गर्न सकेको छैन । जिल्लास्थित कार्यदलको बैठकले दुवै पार्टीको दावी रहेको र टुङ्गोमा पुर्याउने जिम्मा प्रदेश स्तरीय कार्यदललाई दिएको छ। प्रदेश स्तरीय कार्यदलमा समेत नामका विषयमा भने विवाद रहेको छ ।

मुख्यमन्त्री तथा कार्यदलका सदस्य शेरधन राईले रेवतीरमण भण्डारीलाई अध्यक्ष बनाउने चाहना व्यक्त गरेको छन् । तत्कालीन एमालेका सचिव तथा प्रदेश इन्चार्ज भिम आचार्यले रमेश बस्नेतलाई अध्यक्ष बनाउने इच्छा व्यक्त गरेको छन् । यसरी नै तत्कालीन माओवादीबाट शिव डाँगी र मुक्साहाङ मेन्याङ्बो पनि अध्यक्षको दौडमा छन् । इन्चार्जमा भने धर्म निरौलाको नाम चर्चामा छ । सुनसरीमा १६५ जनाको जिल्ला कमिटि बन्ने र जसमा एमालेबाट १०० र माओवादीबाट ६५ जना जाने सहमति भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !