४ असार २०८१, सोमबार

नेपाल–यूएइबीचको खेल शुरु


cricket-nepali-team

१४ भदौ, काठमाडौँ ।  एसिया कप छनोटअन्तर्गत नेपाल–यूएइबीचको दोस्रो खेल शुरु भएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा शुरु भएको खेलमा नेपालले यूएइविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाललाई आजको दोस्रो खेल जित्नु आवश्यक छ । यूएइ र नेपाल दुवै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता प्राप्त देश हुन् ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली खेलाडीमा सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सागर पुन, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, वसन्त रेग्मी र सन्दीप लामिछाने छन् । यो समाचार तयार पार्दासमेत यूएइले १३ ओभर खेल्दै दुई विकेटको क्षतिमा ७१ रन जोडेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !