१ मंसिर २०८१, शनिबार

कानून परिवर्तन हुन्छ : उपप्रधानमन्त्री


Ishwor Pokharel

९ भदौ, काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले देशको आर्थिक विकासमा बाधक बनेका ऐनकानून परिवर्तन गर्ने निष्कर्षमा सरकार पुगेको बताउनुभएको छ ।

ताप्लेजुङवासीको बृहत् भेलालाई आज काठमाडौँमा सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “आर्थिक समृद्धिका लागि बाधक बनिरहेका पुराना नीति बदल्न चाहन्छौँ । सरकारले पुराना नियम तथा ऐन बदल्न चाहेको छ र बदल्ने काम पनि शुरु भइसकेको छ पुराना संरचना समयअनुसार बदल्ने छौँ । यो हाम्रो सङ्कल्प हो ।”

उहाँले ताप्लेजुङको विकासका लागि ताप्लेजुङ विकास कोष स्थापना गर्न स्थानीय जनतालाई आग्रह गर्दै उक्त कोषमा सरकारले सहयोग गर्ने बताउनुभयो । सरकारले कृषि, पर्यटन, जलस्रोतको विकासमा ध्यान दिएको बताउँदै रक्षामन्त्री पोखरेलले दुई तिहाइ जनमत प्राप्त वर्तमान सरकारले घोषणाअनुसारका काम पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयोे ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गरीब तथा कमजोरको मानसिकताबाट मुक्त भएपछि मात्र देशलाई आर्थिक समृिद्धको बाटोमा अग्रसर हुन सहज हुने विचार व्यक्त गर्नुभयो ।

उहाँले देशमा बेथिति र बजारमा अराजकता बढेको तथा व्यापारीले उपभोक्तालाई ठग्ने गरेकाले उनीहरूलाई कानूनको दायरामा ल्याउनु चुनौतीपूर्ण भएको बताउनुभयो । सांसद योगेश भट्टराईले देशको विकासका लागि सबै एकताबद्ध हुनुपर्नेमा जोड दिँदै अलँैची उत्पादनमा उर्वर ताप्लेजुङको भूमि भरपूर उपयोग हुनुपर्ने बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !