५ आश्विन २०८१, शनिबार

प्रदेश नं २ : रक्षाबन्धनमा सार्वजनिक बिदा


Rakhi Kharid Bikri-Mahotari-3

९ भदौ, महेन्द्रनगर, धनुषा । प्रदेश नं २ सरकारले रक्षाबन्धनका अवसरमा सार्वजनिक बिदाको दिएको छ ।

आइतबार हुने रक्षाबन्धनका लागि प्रदेश २ का सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बिदाबारे सूचना प्रकाशित गरी जानकारी दिनुभयो । यसअघि प्रदेश सरकारले बिदा दिए पनि सङ्घीय सरकारको मातहतमा रहेका निकाय तथा अदालतले बिदा दिन अस्वीकार गर्दै आएका थिए ।

प्रदेश २ भित्रका सम्पूर्ण सरकारी कार्यालय, अदालत, बैंक तथा वित्तिय संस्था, संस्थान र विद्यालयमा सार्वजनिक बिदा कार्यान्वयन गराउन सम्बन्धित सबैका लागि सूचना प्रकाशित गरिएको छ ।

मधेशका जिल्लामा दिदीबहिनी तथा दाजुभाइको प्रेमको प्रतीक मानिएको रक्षाबन्धन धुमधाम साथ मनाइँदैछ । रक्षाबन्धनमा दिदीबहिनीले दाजुभाइलाई रक्षाबन्धन बाँधेर आफ्नो रक्षाका लागि प्रतिबद्धता माग्ने गर्दछन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !