५ आश्विन २०८१, शनिबार

तीन प्रहरी अधिकारीलाई विभागीय कारबाहीको तयारी


Kanchanpur1

९ भदौ, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा खोजबिन र दोषीलाई कारबाही गर्न नसकेको आरोपमा तीन जना प्रहरी अधिकारीलाई विभागीय कारबाहीको तयारी भएको छ ।

गृह मन्त्रालयले कञ्चनपुरका एसपी, डिएसपी र मुद्दा फाँटका कर्मचारीलाई कारबाहीको तयारी गरेको हो। घटनामा शंकास्पद भनिएका एसपीका छोरा र मेयरका भतिजलाई समेत प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्ने तयारी गरेको छ ।

कञ्चनपुरका एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेटी  र प्रमुख जिल्ला अधिकारीलाई यस अघि नै गृहले फिर्ता बोलाइसकेको छ। उनीहरुसँग समेत गृहले कञ्चनपुर घटनाका विषयमा बयान लिने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु