३ असार २०८१, आइतबार

आज प्रधानमन्त्री ओली झापामा


Kp Oli

६ भदौ, भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आउनुभएको छ ।

प्रधानमन्त्री बनेपछि उहाँ दोस्रोपटक यहाँ आउनुभएको हो । उहाँको आज कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कमल गाउँपालिका–७ मा ५० शैय्याको आयुर्वेद चिकित्सालय भवनको शिलान्यास गर्नुहुनेछ ।

उहाँले आजै गौरादहमा क्षेत्र नं ५ को क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तथा अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली आज अपराह्न काठमाडौँ फर्कने कार्यक्रम छ ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !