६ आश्विन २०८१, आइतबार

राष्ट्रपतिद्वारा विज्ञ नियुक्त


विद्यादेवी भण्डारी फाइल फोटो

५ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली संस्कृति तथा राष्ट्रिय सुरक्षाका क्षेत्रमा सुझाव र सल्लाह दिने गरी दुई विज्ञ नियुक्त गर्नुभएको छ ।

नेपाली कला तथा संस्कृति, भाषा, साहित्य, इतिहास, पुरातत्व र सांस्कृतिक सम्पदाका क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा कास्की जिल्ला पोखरा महानगरपालिका–७ निवासी माधव शर्मालाई नियुक्त गर्नुभएको छ ।

त्यस्तै राष्ट्रिय सुरक्षा, प्राकृतिक सम्पदा र वातावरणसम्बन्धी क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा रथी नेत्रबहादुर थापा (अ.प्रा) लाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु