६ आश्विन २०८१, आइतबार

भ्रममा नपर्न काउन्सिलको आग्रह


Press Council

४ भदौ, काठमाडौँ । प्रेस काउन्सिल नेपालले आव २०७२/७३ र २०७३/७४ को पत्रपत्रिकाको वर्गीकरणसम्बन्धी प्रतिवेदनका सन्दर्भमा कुनै किसिमको भ्रममा नपर्न आग्रह गरेको छ ।

सञ्चारविज्ञहरूद्वारा अथक मेहनतका साथ प्रतिवेदन तयार पारिएको भन्दै काउन्सिलले भ्रममा नपर्न अपिल गरेको हो । “सबैलाई न्याय दिने गरी काउन्सिलका सबै पदाधिकारीबीचको गहन छलफल र सहमतिपश्चात् सम्प्रेषित यस नतिजामा पुनरावलोकन/पुनःमूल्याङ्कन प्रक्रिया शुरु भइसकेको अवस्था छ”, काउन्सिलद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित नतिजामा सम्पादकीय, समाचार र अन्य सामग्री हुबहु गर्ने पत्रपत्रिकालाई समेत कमी–कमजोरीको प्रकृतिका आधारमा न्यूनतम वर्ग कायम गरी नतिजा प्रकाशन गरिएको समेत काउन्सिलले प्रष्ट पारेको छ ।

आव २०७३/७४ मा अत्यधिक सङ्ख्यामा हुबहु रहेको डरलाग्दो समस्यालाई न्यूनीकरण गरी कमभन्दा कम हुबहु कायम गरिएको काउन्सिलले जनाएको छ । स्वरोजगार, दुर्गम र साना लगानीका अखबारलाई निरन्तरता र योगदानका आधारमा भूल सच्याउने र लोककल्याणकारी विज्ञापन निरन्तर प्राप्त भइरहने कुराको प्रत्याभूतिसमेत काउन्सिलले गरेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !