९ मंसिर २०८१, आइतबार

आरोपपत्र दायर


उजुरी

४ भदौ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी जवान गोविन्द नेपालीले व्यवसायीले खरीद गरेका आयातीत सामान ल्याउन सहज बनाइदिने प्रलोभन देखाइ सेवाग्राहीसँग घुस रकम माग गरेको भन्दै नियन्त्रणमा लिएको छ ।

अस्थायी प्रहरी पोष्ट नेपालगञ्ज बसपार्क, बाँकेमा कार्यरत प्रहरी जवान नेपालीले प्रलोभन देखाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियारको कार्यालय कोहलपुरबाट खटिई गएको टोलीले निजलाई रु १० हजार घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

अनुसन्धानका क्रममा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिन आएकाले निजलाई बिगो रु १० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन माग दाबी लिई आइतबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !