६ आश्विन २०८१, आइतबार

राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानको निधन


Cofi Annan

३ भदौ, जेनेभा, स्वीट्जरल्याण्ड । राष्ट्रसङ्घका पूर्व महासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार निधन भएको छ । उहाँ ८० बर्षको हुनुहुन्थ्यो ।

घानामा जन्मनुभएका अन्नान पछिल्लो समय स्वीट्जरल्याण्डमा बसोबास गर्दै आउनुभएका अन्नानले सन् ११९७ देखि २००६ सम्म राष्ट्रसङ्घको प्रमुखका रूपमा दुई कार्यकाललाई सफलतापूर्वक पूरा गर्नुभएको थियो ।

संयुक्त राष्ट्रसंघका भूतपूर्व महासचिव कोफी अन्नानको स्वीट्जरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

राष्ट्रसङ्घका पूर्व महासचिव अन्नानको निधनबारे उहाँको परिवारले पुष्टि गर्दै भनेको छ, अन्नानले विश्वव्यापी राजनेताको छवि बनाएर आफ्नो देहत्याग गर्नुभएको छ ।

उहाँले जीवनभर मानव समानता तथा शान्तिपूर्ण विश्वका लागि कटिबद्ध रहेर मृत्युपर्यन्त काम गर्नुभएको थियो ।

संयुक्त राष्ट्रसंघको सबैभन्दा उच्च पदमा पुग्ने अन्नान पहिलो अश्वेत अफ्रिकी नागरिक हुनुहुन्थ्यो ।
सन् २००१ मा अन्नानलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

अन्नान पछिल्ला दिनहरूमा श्रीमती नेन र तीन सन्तान अमा, काजो र नीनासहित स्वीट्जरल्याण्डमा बस्दै आउनुभएको थियो ।

पूर्व महासचिव अनानको मृत्युको खबरले आफूहरूलाई स्तब्ध बनाएको शोक सन्देशहरू विश्वभरबाट प्राप्त भएका उहाँको संस्थाले जनाएको छ ।(रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !