६ आश्विन २०८१, आइतबार

काँग्रेसको प्रदेश सचेतकमा राई नियुक्त


suryamanrai1

२९ साउन, विराटनगर ।  नेपाली काँग्रेस प्रदेश नं १ को सचेतकमा प्रदेशसभा सदस्य सूर्यमाराज राई नियुक्त भएको छ । प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले राईलाई सचेतकमा सोमबार नियुक्त गर्नुभएको हो । राई मोरङ क्षेत्र नं ३ (क) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो ।

नवनियुक्त सचेतक राईले प्रदेशसभामा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउदै आफूले यो नियुक्तिलाई ठूलो अवसरका रुपमा लिएको धारणा व्यक्त गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !