२ मंसिर २०८१, आइतबार

सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण हुँदै


stadium

 २९ साउन, काठमाडौँ । सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।

सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढीमा आधुनिक सुविधा सम्पन्न रंगशाला निर्माण यसै वर्षबाट शुरु गर्ने उल्लेख छ । रंगशाला निर्माणको थालनी गर्न जग्गा पहिचान भइसकेको जनाएको छ ।

यस वर्ष जग्गाको पहिचान गर्ने र अर्को वर्षदेखि निर्माण शुरु गरिने कार्यप्रगतिमा उल्लेख छ । त्यसैगरी भक्तपुरको सूर्यविनायक नगरपालिका–९ र १० तथा सोही स्थानसँग जोडिएको चाँगुनारायण नगरपालिकाको वडा नं ८ र ९ मा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गरिनेछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !