![Nepalpatra](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/05/No-image.jpg?fit=790%2C490&ssl=1)
२७ साउन, तुलसीपुर । ग्यार खोलाले बगाउँदा गए राति एक जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका– १२ का पर्शुराम चौधरीको खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । चौधरी उच्च अदालत तुलसीपुर कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई आफन्तको घरबाट फर्कने क्रममा खोलाले बगाएको हो । चौधरी शव आज फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ । (रासस)